गृहपृष्ठ Featured शिवराजको एक सामुदायिक बनमा पुरुषको शव फेला

शिवराजको एक सामुदायिक बनमा पुरुषको शव फेला

कपिलवस्तु : कपिलवस्तुको एक सामुदायिक बनमा पुरुषको शव फेला परेको छ । जिल्लाको शिवराज- २ टिकुलीगढ स्थित समयथान सामुदायिक वनको सुराई खोलाको बगरमा उक्त पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार फेला परेको शवको हाल नाम, थर नखुलेको र पुरुषको उमेर करिब ४५ वर्षको आसपास रहेको अनुमान छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित् समाचार