गृहपृष्ठ Featured कपिलवस्तुको कृष्णनगरमा खोलाले बगाएर एक पुरुषको मृत्यु

कपिलवस्तुको कृष्णनगरमा खोलाले बगाएर एक पुरुषको मृत्यु

वैखरी अनलाइन कृष्णनगर

कपिलवस्तु जिल्लाको कृष्णनगरमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका वडा नंम्बर ९ सुखरामपुर बस्ने अन्दाजी ४० बर्षीय संजय पासवानको हिजो बिहीबार दिउँसो करिव सवा एक बजेको समयमा खोलाले बगाएर मृत्यु भएको कृष्णनगर प्रहरीले जनाएको छ ।

 

खेतमा धानको बिउ राख्न गएका पासवानको सोही ठाउमा रहेको सुरही खोलाले बगाउँदा हराएका थिए । खोजतलास गर्ने क्रममा उनको शव खोलाको किनारमा फेला परेको थियो ।

घटनाको सम्बन्धमा अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार