गृहपृष्ठ Featured बाणगंगा ३ सिउटीमा मोटरसाइकल अन्यन्त्रित भई पल्टीदा एकको मृत्यु

बाणगंगा ३ सिउटीमा मोटरसाइकल अन्यन्त्रित भई पल्टीदा एकको मृत्यु

वैखरी अनलाइन

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ३ मा मोटरसाइकल अन्यन्त्रित भई पल्टीदा एक जनाको मृत्यु भएको छ ।

आज दिउसो करिव ४ बजे बाणगंगा ३ सिउटीमा लु ४२ प ७१३७ नः को मोटरसाइकल अन्यन्त्रित भई पल्टीदा बाणगंगा ३ गंगोलीयाका बिष्णु परियारको मृत्यु भएको हो ।

 

दुर्घटनापछि उपचारका लागी बुटवल रिफर गरीएका उनको बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

उनी मोटरसाइकलमा सवार थिए भने मोटरसाइकल चालकको पनि बुटवलस्थित एडभान्स सिटि अस्पतालमा उपचार भई रहेको छ । उनको अवस्था भने मध्ययम छ ।

सम्बन्धित् समाचार