गृहपृष्ठ Featured अर्घाखाँचीमा अवैध काठसहित ट्याक्टर चालक पक्राउ

अर्घाखाँचीमा अवैध काठसहित ट्याक्टर चालक पक्राउ

सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा अवैध काठ ल्याएको ट्याक्टरसहित प्रहरीले चालकलाई पक्राउ गरेको छ।

भुमिकास्थान नगरपालिका-६ खिल्जीको माछामारेमा ६६.४८ क्युफिट सालको काठसहित लु ३ त ३९६९ नम्बरको ट्याक्टर र चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।

प्रहरीमा आएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी खिल्जीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा अवैध काठ, ट्याकटर र ट्याक्टर चालक २७ वर्षीय बिनोद परियारलाई पक्राउ गरेको हो।

आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख थापाले जानकारी दिए।

सम्बन्धित् समाचार