गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमीमा कुलाले बगाउदा एक महिलाको मृत्यु

कपिलवस्तुको बुद्धभुमीमा कुलाले बगाउदा एक महिलाको मृत्यु

वैखरी अनलाइन

कपिलवस्तुको पत्थरकोटमा कुलोले बगाउँदा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर-१, पत्थरकोटमा कुलोले बगाउँदा अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर-११ घर भएकी ३५ वर्षिय जानकी रास्कोटीको ज्यान गएको हो ।

बुधवार दिउँसो पौने चार बजेको समयमा रानिकुवाबाट बग्ने पत्थरकोट सिंचाइ कुलाले बगाउँदा रास्कोटीको ज्यान गएको मृतकका दाजु धनबहादुर कुवँरले जानकारी दिए । मृतकका ३ छोरी र २ छोरा रहेका छन् ।

कुलोमा रहेको फटके तर्ने क्रममा चिप्लीएर कुलामा बगेको इलाका प्रहरी कार्यालय गोरुसिङेले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित् समाचार