वैखरी अनलाइन, अर्घाखाची
अर्घाखाची जिल्लाको शितगंगाको नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले दिर्घकालिन बिकासलाई जोड दिने बताएका छन ।
नगरभित्रका जुनसुकै पुर्वाधार निमार्ण कार्य गर्दा दिर्घकालिन होस भन्ने उदेश्यका साथ काम गर्ने पौडेलले बताएका हुन ।
वैखरी मियियासगं कुराकानी गर्दै नगर प्रमुख पौडेलले भौगोलिक अवस्था नगरको ठुलो रहेको बताउँदै बारम्बार एउदै क्षेत्रमा मर्मतका नाममा बजेट बिनियोजन गर्न नसकिने भएकाले सुरुमै बिकासका पुर्वाधार निमार्णमा बिशेष ध्यान दिने उनको भनाई छ ।
कमशल काम, गुणस्तरहीन सामाग्रीको प्रयोगमा भएमा काम गर्ने ठेकेदारलाई क्षम्य समेत नहुने उनले बताए । साथै प्रमुख पौडेलले नगरका १४ वटा वडामै समान रुपले बिकासका कार्य सञ्चालन गरेर नगरकालाई बिकासको मुलधारमा ल्याउने उदेश्य रहेको बताए ।








