गृहपृष्ठ Featured बाँकेमा पानी भरिएको खाडलमा डुबेर एक बालकको मृत्यु

बाँकेमा पानी भरिएको खाडलमा डुबेर एक बालकको मृत्यु

नेपालगन्ज : बाँकेमा पानी भरिएको खाडलमा डुबेर एक बालकको मृत्यु भएको छ । अम्बे स्टिल उद्योगले पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो पानीसहितको खाल्डोमा डुबेर ७ वर्षीय बालकको मृत्यु भएको हो ।

जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु कलबरको शनिबार बिहान पानी भरिएको खाडलमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डीएसपी) रामप्रसाद घर्तीमगरले बताए ।

 

जानकी गाउँपालिका वडा नम्बर ५ मा अम्बे स्टिल उद्योगले पर्खाल निर्माणका लागि खनेको करिब १० फिट गहिरो खाल्डोमा पानी जमेको थियो । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहान करिब ५ बजेतिर बालक शौच गर्न निस्केका बेला उक्त पोखरीमा डुबेका थिए । मृतक बालकका परिवारले दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । बाँके प्रहरीका अनुसार गत वर्षमा ९ बालकको डुबेर मृत्यु भएको छ ।

सम्बन्धित् समाचार