वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु जिल्ला स्थित बाणगंगा नगरपालिकाको चार नम्बर जितपुर तौलीहवा रोडमा रहेको चन्द पोलिक्लिनिक आजबाट दोस्रो बर्षमा गरेको छ ।
स्थापनाको १ बर्षमै जिल्लामै लोकप्रिय बनेको चन्द पोलीक्लिनिकले आम नागरिकको बिश्वास जितन सफल भएको छ ।
आज एक बर्ष पुगेको अवसरमा पोलीक्लिनिकमा भएको कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले चन्द पोलीक्लिनिकले एक बर्षमै सेवाग्राहीको मन जित्दै काम गर्न सफल भएकोमा खुशी ब्यक्त गरेका छन ।
साथै उनले चन्द पोलीक्लिनिकको स्थापनाले बाणगंगाको स्वास्थ्य क्षेत्रको बिकासमा ठुलो टेवा पुगेको उनको भनाई छ ।
सो पोलीक्लिनिक हाल आएर कपिलवस्तुकै सबैभन्दा श्विासिलो र सबैको मन जित्न सफल पोलीक्लिनिकका रुपमा परिचित छ ।
विरामीको स्वास्थ्यलाई मध्येनजर गर्दै आगामी दिनमा पनि थप सेवा विस्तार गर्दैै जाने पोलिक्लिनिकले जनाएको छ । छोटो समयमा नै कपिलवस्तुसहित छिमेकी जिल्ला अर्घाखाँचीसहितका विरामीलाई छिटो छरितो रुपमा सेवा दिदै आएको छ ।
कपिलवस्तु सामुदायिक अस्पतालमा ८ बर्ष लामो सेवा गरेका डाक्टर दिपेन्द्र चन्द सञ्चालक रहेको उक्त पोलीक्लिनिकले समय सापेक्ष बिभिन्न निशुल्क सेवा समेत दिदैँ आएको छ । स्थापनाको एक बर्षको बिशेष कार्यक्रममा सञ्चालक सुजन क्षेत्री, युवा ब्यवसायी मदन ढुङगाना, पत्रकार अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।








