वैखरी अनलाइन, शितगंगा
अर्घाखाचीको शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले नहुने र गर्न नसकने काम हुन्छ , भैहाल्छ नभन्ने तर हुने काम तत्काल गर्ने बताएका छन ।
नहुने कामको आशा आम नागरिकलाई देखाउन नहुने र हुने काम तत्काल गर्नुपर्नेमा केन्द्रित हुनुपर्ने पौडेलको भनाई छ ।
वैखरी अनलाइनसगं कुराकानी गर्दै नगर प्रमुख पौडेलले जनताको काम वा आइ पर्ने जुनसुकै समस्या समाधान गर्न आफु तल्लीन भई लाग्ने तर गर्न नसिकने काम सिधै यो गर्न नसकिने भनेर प्रष्ट पार्ने बताए ।
आर्थिक बर्ष ०७९÷८० का योजनाहरु समयमै सक्ने लक्ष्य रहेको बताउदै ठेकेदार पक्षबाट काममा ढिलासुस्ती गरे परिणाम समेत ठिक नहुने उनले बताए ।
बिकासका काम ढिलासुस्ती गर्दा जनता निराश हुने भन्ने कुरा आफुले राम्रोसगं बुझेको बताउदै पौडेलले नियमानुसार समयमै काम सम्पन्न गर्न गराउन आफुले नेतृत्वदायी भुमिका खेल्ने पौडेलको भनाई छ ।








