गृहपृष्ठ Featured बुटवलमा ब्यापार गर्दै आएका दुई जनाविरुद्ध भ्याट छलीमा मुद्दा दायर

बुटवलमा ब्यापार गर्दै आएका दुई जनाविरुद्ध भ्याट छलीमा मुद्दा दायर

राजस्व अनुसन्धान कार्यालय बुटवलले मूल्य अभिवृद्धि कर (भ्याट) छलेको अभियोगमा दुई ब्यापारीविरुद्ध मुद्दा दायर गरेको छ ।

बुटवल उपमहानगरपालिका ६ मैत्रीपथमा ‘रौनक सिरक डसना पसल’ सञ्चालन गर्दै आएका भारत मोतिहारीका फिरोज अहमद र वसिर मियाविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दायर गरिएको हो ।

उनीहरुले आफ्नो सो पसलको सम्पूर्ण कारोबारअनुसारको विवरण पेश नगरेको र भ्याटमा दर्ता हुनुपर्नेमा नभई भ्याट र आयकर छली गरी राजश्व चुहावट गरेको विभागको भनाइ छ ।

उनीहरुबाट भन्सार चोरी पैठारीतर्फ, भ्याट र आयकरतर्फ गरी कुल ३४ लाख १३ हजार बिगो रकम कायम गरी त्यसको ब्याजसमेत असुल हुन राजस्व अनुसन्धान विभागले माग गरेको छ ।

सम्बन्धित् समाचार