गृहपृष्ठ Featured एमालेको पोलिट्ब्यूरो बैठक जारी

एमालेको पोलिट्ब्यूरो बैठक जारी

काठमाडौं : नेकपा (एमाले) को पोलिट्ब्यूरो बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनबारे ब्रिफिङ गर्दैछन् । पार्टीको आन्तरिक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबारका लागि आह्वान गरिएको छ । उक्त बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीस्वरुप बैठक राखेको हो ।

निर्वाचनको तयारीमा जुटेको एमालेले यसअघि नै अध्यक्ष ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी र घोषणापत्र मस्यौदा समिति पनि गठन गरिसकेको छ ।

सम्बन्धित् समाचार