बाणगंगा, वैखरी अनलाईन ।
जिल्ला स्तरिय खुल्ला तिज गित प्रतियोगिताको उपाधि सिद्धार्थ क्याम्पस बुङ्गचीले हात पारेको छ ।
शुक्रबार क्याम्पसको प्राङ्गणमा भएको उक्त प्रतियोगितामा २० टिमलाई पछि पार्दै सिद्धार्थ क्याम्पस बुङ्गचीको बि.एड. दोस्रो बर्षमा अध्ययन विधार्थीको समूहले प्रथम स्थान हासिल गरेको हो ।

प्रथम स्थान हासिल गरेसंगै उक्त समूहले नगद रु. २० हजारसहित प्रमाण पत्र प्राप्त गरेको छ । प्रथम पुरस्कारको प्रयोजक वन पैदावर संघ कपिलवस्तु रहेको थियो ।








