गृहपृष्ठ Featured लुम्बिनी प्रदेश सभा हतारमा दाङ नसार्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको निर्देशन

लुम्बिनी प्रदेश सभा हतारमा दाङ नसार्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको निर्देशन

१५ भदौ,बुटवल ।

स्थायी संरचना नबन्दै लुम्बिनीको प्रदेशसभा र मन्त्रालयका कार्यालय स्थायी राजधानी दाङमा सार्न हतार गरेक सत्ता गठबन्धनभित्र असन्तुुष्टि बढेको छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका नेताहरुले संरचना नबन्दै मुुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीले एकलौटी रुपमा कार्यालय सार्न हतारो गरेको भन्दै असन्तुुष्टि जनाएका हुन् ।

प्रदेश सभा वैठक दाङमा राख्नका लागि बुटवलस्थित प्रदेश सभाका सामानहरु ओसार्न थालेपछि यसप्रति गृहमन्त्री बालकृष्ण खाण समेत रुष्ट भएका छन् । उनले मुख्यमन्त्री केसीलाई फोन गरेर प्रदेश सभा नसार्न र सामान नओसार्न निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले निर्देशन अटेर गरे चुनावमा टिकट नदिने चेतावनी समेत दिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।

गठबन्धनभित्र असन्तुष्टी भएकाले गत भदौ १० गते प्रदेश पूूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजना कार्यालय उद्घाटनमा दाङकै शहरी विकास मन्त्री डिल्ली चौधरी समेत उनुपस्थित भएका थिए ।

चुनावको मुखमा मुुुख्यमन्त्रीले विज्ञहरु नियुक्तिका नाममा माओवादी निकटलाई नियुुक्ति दिन एकलौटी रुपमा निर्णयहरु गरेकोमा कांग्रेससँगै गठबन्धनका अन्य दलहरु पनि असन्तुुष्ट छन् ।

सम्बन्धित् समाचार