गृहपृष्ठ Featured कपिलवस्तु १ कांग्रेसबाट ४ जनाको नाम सिफारिस , को को के मा परे ?

कपिलवस्तु १ कांग्रेसबाट ४ जनाको नाम सिफारिस , को को के मा परे ?

वैखरी अनलाइन ,बाणगंगा

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ क्षेत्रीय समिति र प्रदेश समितिको संयुक्त बैठकले संघीय सांसदका लागि  ४ जना उम्मेदवारहरु सिफारिस गरेको छ ।

आज बसेको कपिलवस्तु क्षेत्र नं. १ र प्रदेश समितिको संयुक्त बैठकले ४ जनालाई प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका लागी सिफारिस गरेको हो ।

 

बैठकले  पूर्व मन्त्री एवम् भारतका लागि पूर्व नेपाली राजदूत दीप कुमार उपाध्याय, कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् समानुपातकि सांसद अतहर कमाल मुसालमान, महाधिवेशन प्रतिनिधि कांग्रेस नेता मेवालाल यादव,  कपिलवस्तु क्षेत्र नं. १ क्षेत्रीय उप–सभापति दुर्गा बहादुर के.सी,  लाई बहुमतले निर्णय गरिएको क्षेत्रीय उपसभापति दुर्गा बहादुर के.सी.ले जानकारी दिए ।

 

यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ कमलेश शर्मा,  लोकनाथ शर्मा,  युवराज केसी रहेका छन् । मेधसी तर्फ जेसराम यादवलाई सिफारिस गरिएको छ भने मुस्लिम महिला तर्फ  समिरन मिया, देवकला सुवेदी कमाललाई सिफारिस गरिएको क्षेत्रीय सचिव विजय खनालले जानकारी दिए ।

सम्बन्धित् समाचार