गृहपृष्ठ Featured चीनमा भूकम्पमा परेर ६५ जनाको मृत्यु, ५६ गम्भीर घाइते

चीनमा भूकम्पमा परेर ६५ जनाको मृत्यु, ५६ गम्भीर घाइते

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा सोमबार गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म ६५ जनाको मृत्यु भएको त्यहाँका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै चीनको राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

तिब्बती स्वायत्त प्रिफेक्चर गान्जीमा ३७ जनाको मृत्यु भएको थियो भने याआन सहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको थियो ।

मंगलबार बिहान ७ बजेसम्म गान्जीमा १२ जना बेपत्ता र १७० जना घाइते भएका छन् भने ५६ जना गम्भीर घाइते रहेका छन् । आज बिहान शिमियान काउन्टीमा ७८ जना घाइते भएका छन् ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार सिचुआन प्रान्तमा बेइजिङको समयअनुसार दिउँसो १२ बजेर ५२ मिनेटमा भूकम्प गएको थियो । सिचुआन प्रशासनले भूकम्पको लागि उच्च स्तरको आपतकालीन उद्धार टिमलाई सक्रिय बनाएको छ ।

सम्बन्धित् समाचार