गृहपृष्ठ Featured साफ महिला च्याम्पियनसिपमा भारत र पाकिस्तान भिड्दै

साफ महिला च्याम्पियनसिपमा भारत र पाकिस्तान भिड्दै

२२ भदौ, काठमाडौं ।

साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए मा रहेका भारत र पाकिस्तान आज खेल्दैछन् । खेल १ बजे दशरथ रंगशालामा हुनेछ ।

८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको पाकिस्तान मैदान फर्कन उत्साहित छ । पाकिस्तानी प्रशिक्षक रिज्कीले भारत जस्तो टिमसँग खेल्न कठिन हुने बताएका छन् ।

पाकिस्तानले पछिल्लो पटक २०१४ मा घरेलु मैदानमा भएको साफ महिला च्याम्पियनसिप खेलेको थियो ।

समूह एका बंगलादेश र माल्दिभ्सबीचको खेल बेलुकी साढे ५ बजे सुरु हुनेछ ।

सम्बन्धित् समाचार