गृहपृष्ठ Featured जनताले कामको मुल्याङ्कन गर्ने समय आएको छ : आचार्य

जनताले कामको मुल्याङ्कन गर्ने समय आएको छ : आचार्य

वैखरी अनलाइन, बुद्धभुमी

कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एवं पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले जनताले कामको मुल्यांकन गर्ने समय आएको बताएका छन । १०९ औ बिपि जयन्तीको अवसरमा बुद्धभुमी नगरपालिका वडा नम्बर २ स्थि गोरुसिंगेमा पार्टीको वडा नम्बर २ ईकाई कार्यायद्धारा आयोजित जनताको साथमा कांग्रेस अभियान बैठक तथा अन्तरिक्रिया कार्यक्रममा सम्बोधन गर्दै सो कुरा बताएका हुन ।

 

उनले जनता न्यायधिश रहेको भन्दै अब मंसिर ४ गते मतदान गर्दा कामको मुल्यांक गर्ने सयम आएको बताए । २०७४ सालमा स्वतन्त्रको नाममा एमालेको चुनाव चिन्ह लिई जितेका सांसद बृजेश कुमार गुप्ताले आफनो स्वार्थ अनुकुल बिभिन्न दल फर्दै एमालेमा प्रबेश गरेको बताए ।

राप्रपा, तमालोपा, स्वतन्त्र लगायत दलहरु फेरेर अहिले उत्तर तर्फको भोट पाएर जित्ने आशमा गुप्ता एमालेको प्रबेश गरेको बताए । आफनो भीजन र दुष्टिकोण र्नै नभएको र खाली जित्नैकालागि पार्टी फर्नेलाई जनताले यसपालीको निर्वाचनमा चिन्नु पर्ने बताए ।

 

बिगतमा आफुले चुनाव जित्दा गोरुसिंगे र महेन्द्रकोट लगायतका क्षेत्र आफो क्षेत्रमा नपरे पनि उत्तरी उर्फका गाउहरुमा सिचाईको ब्यवस्था गरेको उनले दाबी गरे । आफना दाजु स्वर्गीय बिष्णुराज आचार्यले गोरुसिंगे र ईमिलियामा तत्कालीन समयमा चलाएको बस्ती विकास योजनाका कारण अहिले ती दुबै लगायत अन्य स्थन धेरै बिकसित भएको बताए ।

 

उनले यस पटक यस क्षेत्रका मतदाताहरुले आफुलाई जिम्मेवारी दिने र त्यो जिम्मेवारी आफुले पुरा गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । उनले आफु पनि यस क्षेत्रको उम्मेदवारकारुपमा प्रस्तावित रहेको भन्दैे पार्टीको आधिकारिक टिकट पाउनेलाई सबैले सहयोग गर्नु पर्ने बताए ।

 

सो अवसरमा पार्टीका प्रदेश सदस्य एवं पुर्व एएसपी बिक्रम सिंह थापाले सुशानस बिकास, स्थिरताकालागि कांग्रेसलाई मतदान गर्नु पर्ने बताए ।

 

उनले कांग्रेसले राम्रै काम गरकोले महाराजगंज र बुद्धभुमीमा दोहरिएर मेयरले जितेकोले पनि कांग्रेस प्रति जनताको लगाव रहेको उनले बताए । सो अवसरमा पार्टीका क्षेत्रीय सभापति तथा बुद्धभ्मी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले पार्टीको अनुशासन तोडने, अन्तरघात गर्ने लगायतका पार्टी बिरोधी गतिबिधि गर्नेहरुलाई टिकट दिन नहुने बताए ।

 

उनले आफुहरुले उचित स्थान दिन खोज्दा पनि केही ब्यक्तिहरु केही समय प्रतिक्षा नगरी पार्टीको बिरोधमा उत्रिएको उनले बताए । उनले योग्य र जनतामा माझ भिजेको पार्टी नेतालाई टिकट दिनु पर्ने बताए ।

 

उनले गोरुसिंगेमा बिद्यालय, खानेपानी आयोजना, कभर्डहल, अस्पताल लगायतका नम्ुना कार्यहरु भएकाले बताए ।

 

कार्यक्रममा जनताको साथमा कांग्रेस अभियानमा कपिलवस्तु खटिएका केन्द्रिय सदस्य पार्टीको बिरोध गर्ने र अन्तरर्घात गर्नेहरुसंग भेघाट र बैठक गरको भन्दै कार्यकर्ताहरुले आप्रत्ती प्रकट गरेका थिए ।

 

उनीहरुले यस्ता गतिबिधिले कांग्रेस कार्यकर्तामा निराशा छाएको बताए ।

ईकाई सभापति बालकृष्ण बेल्बासेको अध्यक्षतामा भएको कार्यक्रममा महिला संघकी जिल्ला अध्यक्ष मीन केसी, पार्टीको नगर कमिर्टी अध्यक्ष माधव बेल्बासे, नेता शुभलाल भुसाल लगायतले सबै मतभेद छाडेर कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउनु पर्ने माग गरेका थिए ।

सम्बन्धित् समाचार