सागर वि.क., वैखरी अनलाईन ।
प्रतिनिधि सभाकी उपसभामुख पुष्पा भुसालले आफ्नो प्रतिवद्धता सदैव विकाससंग जोडिएका विषयवस्तुमा केन्द्रित रहने बताएकी छिन् ।
उपसभामुख भुसालले सत्य र राम्रा विषयहरुलाई आफुले विकासको एजेण्डा बनाउने प्रतिवद्धता जनाउँदै आएको बताईन् ।
शनिबार शितगंगा नगरपालिका वडा नम्बर १४ मा रहेको श्री गंगाजल कृषि तथा पशु विकास महिला सहकारी संस्था लिमिटेडको नवनिर्मित कार्यालय भवन तथा कृषि÷पशु उपज संकलन केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘विदेशमा रहेका युवालाई स्वदेशमा फर्काउछौ भनेर मुखले मात्र भनेर हुदैन्, सबैले हातमा परिणाम खोजिरहनुभएको छ,’ उनले भनिन्, ‘त्यसका लागी म प्रतिवद्ध छु । मेरो प्रतिवद्धता सधै विकाससंग जोडिएको हुन्छ, राम्रा विषयवस्तुमा हुन्छ, सत्य विषयवस्तुमा हुन्छ ।’
उनले वडा नं.१४ मा रहेको गंगा आधारभुत विद्यालयका लागी आफुले ६० लाख रुपैंया शिक्षा मन्त्रालयसमक्ष माग गरेको समेत जानकारी दिईन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत शिक्षामन्त्रीले आफ्नो मागलाई स्वीकार गर्ने उनले विश्वास व्यक्त गरिन् ।
शितगंगा नगरपालिकालाई विशेष क्षेत्र घोषणा गर्न आफुले सदनमा पटकपटक सरकारको ध्यानाकर्षण गराएको उनले स्मरण गरिन् ।








