गृहपृष्ठ Featured बाणगंगामा प्रथम मोतिपुर फुलबारी कप नकआउट फुटवल प्रतियोगिता हुदैं

बाणगंगामा प्रथम मोतिपुर फुलबारी कप नकआउट फुटवल प्रतियोगिता हुदैं

वैखरी अनलाईन, बाणगंगा ।

मोतिपुर प्रगतिशील युवा क्लवले प्रथम मोतिपुर फुलबारी कप नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । जिल्लाको बाणगंगा- ७ मा रहेको उक्त क्लवले विजया दशमी र शुभ दिपावलीको अवसरमा प्रतियोगिता गर्न लागेको हो ।

क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले खेलकुदले मानिसलाई स्वास्थ बनाई राख्नुका साथै मनोरञ्जन प्रदान गरी शारिरीक तथा मानसिक विकासमा टेवा पुग्ने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

उनले प्रतियोगिता सबैको साथ र सहयोगले उत्साहजनक रुपमा सम्पन्न हुने विश्वास व्यक्त समेत गरे ।

खेलकुद संयोजक सन्दिप क्षेत्रीले प्रतियोगितामा सहभागी भई आफ्नो सिप , क्षमता एवम् कुशलता प्रदर्शन गर्न अपिल गरेका छन् ।

असोज ४ गतेबाट सुरु हुने प्रतियोगिताको विजेताले नगद सत्तरी हजार(७०,०००) र उपविजेताले नगद तिस हजार(३०,०००) रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार