गृहपृष्ठ Featured सन्धिखर्क नगरपालिकाद्धारा तरकारीको बिउ वितरण

सन्धिखर्क नगरपालिकाद्धारा तरकारीको बिउ वितरण

सन्धिखर्क ।

सन्धिखर्क नगरपालिकाले कृषकहरूलाई हिउँदे तरकारी बालीका उन्नत तथा हाईब्रिड जातका बिउ वितरण गरेको छ।

कृषकहरूको मागका आधारमा नगरपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा बन्दा, काउली, ब्रो काउली, केराउ, मुला लगायतका तरकारीका बिउ वितरण सुरु गरेको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए।

बिउ वितरण गर्दै नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले व्यवसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूलाई नगरपालिकाले सहयोग गर्ने बताउँदै उत्पादन वृद्धि गर्न र कृषकहरूलाई व्यवसायिक बन्न आग्रह गरे।

नगर उपप्रमुख मिश्रा आचार्यले नगरपालिकाले कृषकमुखी कार्यक्रम सञ्चालन गरेको बताउँदै व्यवसायिक र बेमौसमी तरकारी उत्पादनमा लाग्न सबै कृषकहरूलाई आग्रह गरिन्।

सम्बन्धित् समाचार