वैखरी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १ मा २ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । नेपाली कांग्रेस बुद्धभूमि नगरपालिका वडा नं.१ कार्यसमितिको आयोजनामा उक्त तालिम सम्पन्न हो । तालिममा वडाभित्रका ३५ जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकका रुपमा वैखरी मिडिया प्रा.लि.का प्रधान सम्पादक अशोक पौडेल रहेका थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै कपिलवस्तु क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तथा बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले व्यक्तिले आफुमा निहित विचार, भावनाहरु प्रभावकारी रुपमा व्यक्त गर्न उद्घोषण कलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले व्यक्ति क्षमता अभिवृद्धिका लागी यस्ता कार्यक्रम फलदायी हुने बताए ।
मेयर श्रेष्ठले यस्ता कार्यक्रम नगरको पनि प्राथमिकता पर्ने गरेको र आगामी दिनमा यस्ता कार्यक्रमहरु संचालन अघि बढ्ने बताए ।
त्यस्तै नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बुद्धभुमी वडा नं.१ का वडाध्यक्ष तिलक बस्नेतले व्यक्तिमा आत्माविश्वासको कमीलाई हटाउन उद्घोषणले थप टेवा पुग्ने बताए । आफ्ना विचारहरु सहि तरिकाले प्रस्तुत गर्न सके सबैको ध्यानाकर्षण गर्न सकिने भएले यस्ता कार्यक्रम आयोजना गर्नु उदाहरणीय काम भएको उनले बताए ।
वडाले सबै वडावासीको क्षमतालाई अभिवृद्धि गर्नका लागी वडाले समेत काम गर्दै अघि बढ्ने उनले प्रतिवद्धता जनाए ।
समापन कार्यक्रमको सञ्चालन मेनुका गैरेले गरेकी थिइन भने सभापतित्व नेपाली कांग्रेस वडा नं.१ का सभापति मेहर सिंह कुवँरले गरेका थिए । तालिम वडा नं.१ मा रहेको विपि स्मृति भवनमा सम्पन्न भएको हो ।









