गृहपृष्ठ Featured बाँकेमा ब्राउनसुगरसहित तीन जना पक्राउ

बाँकेमा ब्राउनसुगरसहित तीन जना पक्राउ

दाङ, असोज १ । 

बाँकेमा ठूलो परिमाणमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा श्रीमान-श्रीमतीसहित तीन जना छन्।

कोहलपुर नगरपालिका वडा नं। १२ चप्परडौडीकी ३८ वर्षीया यशोदा कार्की, उनका श्रीमान रुद्रबहादुर कार्की र सोही ठाउँ बस्ने २४ वर्षीय मनोज गिरी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीकाअनुसार यशोदा कार्कीको चप्परडौडीस्थित घरबाट शनिबार बिहान उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूबाट २६ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर, पाँच लाख ७३ हजार हजार ८ सय १० रुपैयाँ, डिजिटल तराजु बरामद भएको डिएसपी घर्तीले बताए।

घर्तीका अनुसार रुद्रबहादुर कार्की पेशाले चालक थिए। उनले ब्राउनसुगरको प्रयोग तथा कारोबार गर्दै आएका थिए।

‘पति-पत्नि प्रयोगकर्ता र ब्राउनसुगरको अबैध कारोबारी भएको खुलेको छ,’ डिएसपी घर्तीले भने।

ब्राउनसुगरको अवैध कारोबार भइरहेको सूचनाका आधारमा सुरूमा गिरीलाई पछ्याउँदै प्रहरी कार्कीको घर पुगेको थियो।

सम्बन्धित् समाचार