गृहपृष्ठ Featured उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

उपाधिका लागि बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौं ।

केही समयअघि इङ्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा पहिलोपटक युरोपियन च्याम्पियनसिपको उपाधि उचालेको थियो । त्यतिबेला वेम्बलीमा कीर्तिमानी ८७ हजारभन्दा धेरै दर्शक उपस्थित भएका थिए ।

युरोपको युरोपियन च्याम्पियनसिपजस्तै दक्षिण एसियाको साफमा महिला च्याम्पियनसिपमा पनि आज नेपालले बंगलादेशसँग उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ । दशरथ रंगशालामा ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पनि नेपाली फुटबलका लागि इङ्ल्यान्डको वेम्बलीजस्तै हो । र, संयोग त्यही दशरथ रंगशालामा नेपाली महिला टोलीले पनि पहिलोपटक साफ महिला च्याम्पियनसिपको उपाधिका लागि प्रतिस्पर्धा गर्दै छ ।

त्यसकारण त नेपाली महिला टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पनि युरोपियन च्याम्पियनसिपको फाइनलमा जस्तै दर्शकको अपेक्षा गरेका छन् । उनले बारम्बार भनेका छन्, ‘‘काठमाडौंमा फुटबलको माहोल फरक छ । दशरथ रंगशालाको वातावरण फरक हुनेगर्छ । र, त्यही उत्साहजन वातावरणमा हामी रमाउन चाहन्छौं । खेलाडीलाई दर्शकको साथले इनर्जी दिन्छ । र, हामी दर्शकलाई ट्रफी दिन्छौं ।’’

नेपालले सेमिफाइनलमा भारतलाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो । र आज बंगलादेशविरुद्ध खेल्दै छ । भारतविरुद्धको खेलमा साढे ७ हजार दर्शक रंगशालामा उपस्थित भएर खेलाडीलाई हौसला दिएका थिए । फाइनलमा त्योभन्दा धेरै दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार