वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगामा चलिरहेको टिभिएसको ग्राण्ड एक्सचेन्ज मेलाप्रति आकर्षण बढ्दै गएको छ । यही असोज ३ गते सोमबारबाट सुरु भएको उक्त मेलाले ग्राहकको मन जित्न सफल भएसंगै मेलाप्रति आकर्षण बढ्दै गएको हो ।

मेला यही असोज ७ गतेसम्म चल्ने छ । बाणगंगा– १ स्थित मायादेवी रिसोर्टमा टिभिएसको आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सको आयोजना तथा जगदम्बा मोर्टसको समन्वयमा ग्राण्ड एक्सचेन्ज मेला लागेको हो ।
ग्राहकले कुनै पनि कम्पनीको पुरानो साधन साटेर टिभिएसको मोटरसाइकल वा स्कुटर चढ्न सक्ने बाणगंगा अटो ट्रेडर्सका सञ्चालक मनोज पौडेलले वैखरी अनलाईनलाई जानकारी दिए । सोही अन्तर्गत दैनिक रुपमा ग्राहकहरुले यस मेलाको लाभ लिईरहेको उनले बताए ।
‘विक्री मात्र होईन विक्री पश्चात ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्य रहेको छ । मेला सफलतातर्फ अघि बढिरहेको छ ।’ सञ्चालक पौडेलले भने ।
माईलेज, स्मार्ट कनेक्सन, किफायती र पाटपुर्जा सहजै उपलब्ध हुने भएकाले पछिल्लो समय टिभिएस ग्राहकको पहिलो रोजाईमा पर्दै आएको उनले दाबी गरे ।
नयाँ मोडलका रुपमा आएको टिभिएस राईडर अहिले सबैको रोजाई परिरहेको र राम्रो प्रतिक्रिया आएको उनले बताए । थ्री भल्ब ईन्जिन, ओथ्रीसि(ओईल कुल कम्बिनेसन क्याम्बर ईन्जिन), पाँच बर्ष वारेन्टी, स्पोटी साईलेन्सरसहित अन्य धेरै विशेषता भएकाले यो मोटरसाईकल सबैको रोजाई परेको उनले जानकारी दिए । ‘हामी यस क्षेत्रका ग्राहकहरुलाई विगत लामो समयदेखि सेवा दिईरहेका छौं । विभिन्न चाडपर्वका अवसरमा ग्राहकलाई लक्षित गरेर विभिन्न कार्यक्रम पनि गर्दै आएका छौ,’ उनले भने, ‘सो क्रममा ग्राण्ड एक्सचेन्ज मेला लगाउन लाएका छौ, जहाँ ग्राहकले कुनै पनि कम्पनीको पुरानो साधन साटेर टिभिएसको मोटरसाइकल वा स्कुटर चढ्न सक्नुहुन्छ ।’
उक्त कार्यक्रमा ग्राहकले आफ्नो सवारी साधनको एक्सचेन्ज गर्दै पुरानो साधनको बजार मुल्याकन भन्दा रु.७००० थप प्रदान गरिने बबाल फाइनान्स स्किम अन्र्तगत न्युनतम २० प्रतिशत डाउनपेमेन्ट तथा मासिक जम्मा रु. ४२७७ मा स्पट फाइनान्स सुबिधा लगायत अन्य धेरै उपहार समेत प्रदान गरिने संचालक मोहन न्यौपानेले बताए ।
उनले मेलामा ग्राहकहरुको क्रमश आकर्षण बढ्दै गएको बताए । टिभिएसले भदौ २० गते देखी नै लागु हुने गरि मुख्य चाड पर्व लक्षीत कायापलट नामको विशेष योजना पनि सार्वजनिक गरेको छ । यो योजना अन्र्तगत टिभिएसको कुनै पनि मोडल खरीद गर्दा पाँच पटकसम्म पुरस्कारहरु प्राप्त गर्न सक्ने छन् ।
खरिद गर्नु अघिनै १ लाख र खरिद पछि १० लाखसम्मको नगद प्राप्त गर्न सकिने साथै हरेक दिन योजना बारे सोध पुछ गर्न एक जना भाग्यशाली बिजेतालाइ रिएल मिसि ३० स्मार्ट मोबाइल उपहारको व्यवस्था गरिएको टिभिएसले जनाएको छ ।
साथै भाग्यसाली एक जनालाइ बम्पर उपहार रु ५० लाख नगद पुरस्कार उपलब्ध गराइने बाणगंगा अटो ट्रेडर्सका अर्का सञ्चालक उमानाथ पौडेलले बताए । हाल टिभिएसका न्युनतम १ लाख ४२ हजार देखी ८ लाखसम्मको विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरहरु बजारमा उपलब्ध छन् ।
बणगंगा– १ बैरियामा रहेको बाणगंगा अटो ट्रेडर्स पछिल्लो समय कपिलवस्तुसहित छिमेकी जिल्लाका ग्राहकहरुको पनि पहिलो रोजाईमा पर्दै आएको छ ।
गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ ।









