गृहपृष्ठ Featured जय बुद्ध सामाजिक लाई प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि

जय बुद्ध सामाजिक लाई प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि

हरियाली युवा क्लब को आयोजना विजयनगर गाउँपालिका को सहयोगमा फागुन १४ गतेदेखि संचालन भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता खेल समापन भएको छ ।

जय बुद्ध सामाजिक युवा क्लब शिवपुर शृजनशिल युवा क्लब भटनी बीच भएको कडा प्रतिस्प्रर्धा खेलमा जय बुद्ध सामाजिक युवा क्लबले ३ गोल हानी विजय भएको छ । गाँउपालिकाको वडा नम्बर ४ शंकरपुरको खेल मैदानमा सुरु भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता फाइनलमा पुगेका जय बुद्ध सामाजिक युवा क्लब शिवपुरले ३ र शुजनशिल युवा क्लब भटनी ले १ गोल गरेको खेल संयोजक दुर्गा बहादुर दर्जीले बताए ।

प्रतियोगितामा प्रथम भएको जय बुद्ध सामाजिक युवा क्लबलाई नगद पुरस्कार ५० हजार सहति ट्रफि, प्रमाण पत्र, दोस्रो हुने शुजनशिल युवा क्लब भटनीलाई नगद ३० हजार ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो भने सेमिफाइनल मा पुगेका टिमलाई नगद ५ हजार प्रदान गरिएको थियोे । खेलमा १६ टिमको सहभागी रहेको थियो ।

खेल संयोग दुर्गा बहादुर दर्जी को अध्यक्षता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा को प्रमुख अतिथित्यता बिशिस्ट अतिथि नेकपा प्रदेश न।५ कमिटी सदस्य बालक राम बुढा वडा अध्यक्ष तिलक राम कडेल , बुद्धि राम अर्याल अनवर मुसलमान , इलाका प्रहरी कार्यालय गणेशपुर का प्रमुख नवीन पौडेल लगाएत कोआथितियता रहेको कार्यक्रम विजय थापा को संचालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार