गृहपृष्ठ Featured मेस्सी चम्किँदा अर्जेन्टिनाको सहज जित

मेस्सी चम्किँदा अर्जेन्टिनाको सहज जित

अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा होन्डुरसविरुद्ध सहज जित निकालेको छ। शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले होन्डुरसलाई ३-० गोल अन्तरले हराएको हो।अर्जेन्टिनालाई जिताउन लियोनल मेस्सीले दुई गोल र लाउटरो मार्टिनेजले एक गोल गरे।

मार्टिनेजले खेलको १६ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा मेस्सीले पेनाल्टी गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।

त्यसपछि खेलको ६९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए।

सम्बन्धित् समाचार