वैखरी अनलाईन, बाणगंगा ।
राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आयोजना गरेको ‘चौथो राष्ट्रिय फोटो प्रतियोगिता २०२२’ अन्तर्गत लुम्बिनी प्रदेश क्याटगरिको अवार्ड फोटो पत्रकार मनोज पौडेलले जितेका छन् । फोटो पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाउन सफल पौडेलले सो अवार्ड जितेका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माले काठमाडौंमा आयोजित एक अवार्ड वितरण कार्यक्रममा पौडेललाई अवार्ड, प्रमाणपत्र र नगद पुरस्कारले सम्मान गरेका हुन् ।
एक दशकदेखि फोटो पत्रकारिता गरिरहेका पौडेलले वन्यजन्तु, चरा, बुद्ध पर्यटन, पर्यापर्यटन, सिमसार र जैबिक विविधताका क्षेत्रमा उत्कृष्ट तस्बिर खच्दै आएका छन् । उनले यस अघि पनि राष्ट्रिय स्तरका धेरै फोटो प्रतियोगिता जिति सकेका छन् ।
पौडेलले यो अवार्डले आफुलाई आफ्नो पत्रकारिता पेसालाई थप सशक्त बनाएर अघि बढ्ने हौसला मिलेको बताएका छन् । पौडेल फोटो पत्रकार महासंघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष हुन् ।
पौडेल कान्तिपुर दैनिकका उपसम्पादक तथा कान्तिपुर टेलिभिजनका जिल्ला संवादाता हुन् ।









