गृहपृष्ठ Featured राप्रपाले हारे मुलुकले नै हार्छ : केन्द्रिय सदस्य रायमाझि

राप्रपाले हारे मुलुकले नै हार्छ : केन्द्रिय सदस्य रायमाझि

वैखरी अनलाईन, बाणगंगा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य धुब्र रायमाझीले राप्रपाले हारे मुलुकले नै हार्ने बताएका छन् । वर्तमान अवस्थामा राष्ट्रको एक मात्र आवश्यकता राप्रपाको विजय भएको उनले दाबी गरे ।

कपिलवस्तु क्षेत्र नम्बर १ को पार्टी कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘राप्रपाको विजय अहिले राष्ट्रको एक मात्र आवश्यकता हो । राप्रपाले हारे राष्ट्रवादीहरु र देशले नै हार्छ, तसर्थ राप्रपालाई हार्ने छुट छैन् ।’

अहिलेको सत्तारुढ गठबन्धन ठगबन्धन भएको उनले बताए । यो गठबन्धनलाई जनताले मंसिर ४ गते सबक सिकाउने उनले दाबी गरे ।

राष्ट्रप्रेमी तथा देशभक्त सबैले राप्रपालाई मतदान गरि राप्रपाको जित सुनिश्चित गर्न आवश्यक रहेको उनले बताए । ‘अब मंसिर ४ गते निर्वाचन हुदैं छ, त्यस निर्वाचनमा सबै राष्ट्रप्रेमी तथा देशभक्त नेपालीले राप्रपालाई मतदान गरि जित सुनिश्चित गर्न आवश्यक छ,’ उनले भने, ‘यो अहिलेको सत्तारुढ गठबन्धन ठगबन्धन हो ।’

अब निर्वाचनको तीब्र तयारीमा लाग्न उनले जिल्लाका नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

कपिलवस्तु जिल्लामा राप्रपाका गतिविधिलाई तीब्रता दिई राप्रपाको शक्ति प्रदर्शन गर्न आवश्यक रहेको उनले बताए ।

यसैबीच सोही कार्यक्रममा बाणगंगाका प्रतिष्ठित व्यापारी तथा समाजसेवी राजेश तिवारी र बाणगंगाका समाजसेवी राजु गरै राप्रपामा प्रवेश गरेका छन् ।

सम्बन्धित् समाचार