कपिलवस्तु ।
निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशले ‘स्वागत तथा फेरि भैटौला कार्यक्रम’ गरेको छ ।
महासंघले सि.टि.ई.भि.टि. लुम्बिनी प्रदेश कार्यालयको निर्देशकको रुपमा जिम्मेवारी प्राप्त गरेका गोपाल आचार्यलाई स्वागत तथा अभिनन्दन गरेको हो । यस्तै सरुवा भएर बाग्मति प्रदेशमा गएका अरबिन्द कुमार चौधरीलाई विदाई गरेको हो ।
निजी प्राविधिक शिक्षालय महासंघका लुम्बिनी प्रदेश अध्यक्ष अरुण कुमार पाण्डेयले लुम्बिनी प्रदेशमा प्राविधिक विकासको समग्र विकासमा योगदान पु¥याउने अपेक्षा राखे । उनले लुम्बिनी प्रदेश निर्देशक आचार्यलाई स्वागत, अभिनन्दन र प्रदेशमा रही योगदान पु¥याएकोमा निर्देशक चौधरीलाई विदाई गरिएको बताए ।
सि.टि.ई.भि.टी अन्गर्तत संचालित निजी प्रतिष्ठानहरुको साझा संस्थाको रुपमा निजी प्राविधिक शिक्षालयले प्राविधिक शिक्षाको विकासका लागि वकालत र विभिन्न शैक्षिक कार्यक्रमहरुसँग सम्बन्धित काम गर्दै आएको छ ।








