गृहपृष्ठ Featured बाणगंगाको मधौलीमा करिब २० लाखको लगानीमा खुल्यो ‘लव पार्क कटेज’

बाणगंगाको मधौलीमा करिब २० लाखको लगानीमा खुल्यो ‘लव पार्क कटेज’

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगाको मधौलीमा ‘लव पार्क कटेज’ संचालनमा आएको छ । बाणगंगा नगरपालिका– ५ मधौलीमा बुधबार एक कार्यक्रमका बीच उद्घाटन गरिएसंगै ‘लव पार्क कटेज’ संचालनमा आएको हो । कजेटको उद्घाटन कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले गरेका हुन् ।

स्थानीय स्तरमै लोकल परिकारका खानेकुराहरुको स्वाद दिने उद्देश्यले कटेज संचालनमा ल्याईएको प्रो.हरि बहादुर गुरुङ्गले बताए । ३० बर्षीय युवा व्यवसायी गुरुङ्ग एक गाडि व्यवासायी समेत हुन् । करिब २० लाखको लगानीमा कटेज संचालनमा ल्याईएको उनले बताए । ग्राहकहरुलाई लोकल माछा, लोकल कुखुरा, हाँस तथा खसीका विभिन्न परिकारहरुको स्वाद आफुहरुले चखाउने उनले बताए ।

विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै केही गरौं भन्ने सोचले आफुले यस व्यवसाय संचालनमा लागेको उनको भनाई छ । पछिल्लो समयमा निकै प्रसिद्धि कमाएको पर्यटकीय गन्तव्य मधौलिया पार्क (लव पार्क) को नजिकै भएकाले पनि व्यवसाय फस्टाउँदै जाने उनले विश्वास व्यक्त गरे । कजेट सौन्दर्यीकरणको काम केही बाँकी रहेको र अब केही दिनमा नै काम सम्पन्न गर्ने तयारी रहेको उनले बताए ।

हाल आफुसहित ४ जनाले कटेजमा सेवा दिने प्रबन्ध मिलाएको उनले जानकारी दिए । अहिले युवाहरुमा ‘स्वदेशमै केही गर्नुपर्छ’ भन्ने भावना जागृत भई व्यवसायतर्फ आकर्षित भएको देख्दा आफु अत्यन्त हर्षित भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष घिमिरेले बताए । अब विदेशमा युवाहरु जानुको साटो स्वदेशमै केही गर्ने वातावरण सरकारले मिलाउन आवश्यक रहेको बताए ।

उनले स्थानीय स्तरमा संचालनमा आएका व्यापार, व्यवसायलाई प्रवर्धन गर्न आफु प्रतिवद्ध रहेको बताए । संघले व्यवसायीको पिर मर्का बुझेर समयसमयमा व्यवसायी क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गर्दै जाने अध्यक्ष घिमिरेले बताए ।

यस्तै बाणगंगा ४ का निवर्तमान अध्यक्ष गणेश क्षेत्रीले युवा पिढीलाई देशमै काम गर्ने तथा रोजगार दिने विषयमा वातावरण मिलाउने पक्षको आफुले सदैव अकालत गर्दै आएको बताए । उद्घाटन कार्यक्रम युवा नेता गोविन्द आचार्यको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार