गृहपृष्ठ Featured यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

 

 

आज दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

यी स्थानमा राती पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

वर्षाको सम्भावना रहेका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै  सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित् समाचार