गृहपृष्ठ Featured कपिलवस्तुमा ज्यान मुद्दाका फरार २ प्रतिवादी २० वर्षपछि पक्राउ

कपिलवस्तुमा ज्यान मुद्दाका फरार २ प्रतिवादी २० वर्षपछि पक्राउ

कपिलवस्तु, असोज १३ ।

कपिलवस्तुमा ज्यान मुद्दाका फरार दुई प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका–९ बस्ने ५७ वर्षका भिखु थारु र सोही ठाउँका ६३ का चैतराम थारुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेले पक्राउ गरेको हो ।

उनीहरूले २०५९ साल फागुन ३० गते राति ४५ वर्षीया आसिया थारुलाई राति सुतिरहेको समयमा ४ जनाको समूहले कुटपिट गरी हत्या गरेका थिए ।

इलाका प्रहरी कार्यालय गोरुसिंगेले उनीहरूमाथि थप अनुसन्धान भइरहेको बताएको छ ।

सम्बन्धित् समाचार