वैखरी अनलाइन, पिपरा ।
जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २ ले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
विजया दशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा वडा नम्बर २ ले कार्यलय भवनमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्र अर्यालले कला सस्कृतिका क्षेत्रमा नेपाल बिश्वकै नमुना उदारण रहेको बताए । बिश्वका अधिकांश देशमा नया बर्ष, क्रिसमश र जन्म दिनलाई पर्वको रुपमा मनाई रहदा नेपालमा भने बर्षेनी दर्जनौ चाडपर्व मनाइनु एउटा कला सस्कृतीप्रतिको लगाव देखिने बताए ।

सो अवसरमा नगरपालिका उप प्रमुख रिता कुमारी चौधरी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, जनता मावि पिपराका प्रध्यानाध्यपक रमेश पन्थी, ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु केसि, नेकपा एमाले वडा नः २ का अध्यक्ष नहकुल शाही, नेपाली कांग्रेसका वडा सभापति हिम बहादुर कार्की, जिसि, माओादी केन्द्रका गुमान सिंह बैदाली, जनमोर्चाका मुक्तिराम न्यौपाने, राप्रपाका हरि घिमिरे, ज्ञानपुञ्ज बोडीङ स्कुलका प्रिन्सिपल सुरेन्द्र पाण्डे, नव जागृति सामुदायिक बनका अध्यक्ष पदमलाल अधिकारी , पत्रकार अशोक पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम वडाध्यक्ष बिष्णु पौडेलको अध्यक्षता तथा वडासचिव नरेन्द्र पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।








