गृहपृष्ठ Featured लुम्बिनी प्रदेशका सांसदहरूलाई सम्मान

लुम्बिनी प्रदेशका सांसदहरूलाई सम्मान

दाङ ।

लुम्बिनी प्रदेशका सांसदहरूलाई शुक्रबार सम्मान गरिएको छ । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकास्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा निर्माण गरिएको नवनिर्मित संसद् भवनमा पहिलोपल्ट प्रदेशसभा सदस्यहरूलाई सम्मान गरिएको हो ।

प्रदेशसभा सचिवालयले प्रदेशका पहिलो सांसदका रूपमा सम्मान गरेको हो । कार्यक्रममा दसैं, तिहार र छठ पर्वको शुभकामना आदान-प्रदानसमेत गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसीलगायत मन्त्री र सांसदहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार