गृहपृष्ठ Featured ‘पाल्पामा निर्वाचनमा बालबालिकाहरूलाई सहभागी नगराउने प्रतिवद्धता’

‘पाल्पामा निर्वाचनमा बालबालिकाहरूलाई सहभागी नगराउने प्रतिवद्धता’

तानसेन ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा सम्पन्न गराउन पाल्पाका राजनीतिक दलहरूले सामूहिक प्रतिवद्धता गरेका छन्।

पाल्पाका आठ राजनीतिक दलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मर्यादित, विश्वनीय र भयरहित बनाउन साझा प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

पाल्पा विकास केन्द्रले तानसेनमा गरेको कार्यक्रममा पाल्पाका राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालन गर्ने, राजनीतिक दलहरूबीच स्वच्छ भयरहित वातावरणमा प्रचारप्रसार गर्ने, आ-आफ्ना कार्यकर्ताहरूलाई संयमित भएर चुनाव प्रचार प्रसारमा लगाउने विषयमा सामूहिक प्रतिवद्धता जनाएका हुन्।

कसैको पनि मान प्रतिष्ठा इज्जतमा आँच आउने किसिमका गतिविधिहरू नगर्ने र भइहालेमा तत्काल रोक्ने प्रतिवद्धता गरेका छन्।

सम्बन्धित् समाचार