गृहपृष्ठ Featured शितगंगा- १४ मा किसानलाई झन्डै साढे ११ लाख रुपैयाँ अनुदान रकम वितरण

शितगंगा- १४ मा किसानलाई झन्डै साढे ११ लाख रुपैयाँ अनुदान रकम वितरण

वैखरी अनलाईन, बाणगंगा ।

अर्घाखाँचीको शितगंगा नगरपालिका- १४ मा रहेको गंगाजल कृषि तथा पशु विकास महिला सहकारी सस्था लिमिटेडले किसानलाई अनुदान रकम वितरण गरेको छ । आईतबार एक कार्यक्रमका बीच किसानहरुलाई नगरपालिकाबाट प्राप्त उत्पादनमा आधारित अनुदान रकम ११ लाख ४९ हजार २५ रुपैयाँ वितरण गरिएको हो ।

आर्थिक बर्ष २०७८/०७९ मा जिउँदो तौलमार्फत खरिद गरि बिक्री गरेका खसी, बोका, लोकल कुखुरा र पाँच रोपनी बढी क्षेत्रफलमा केरा खेती गरेका जम्मा ९६ जना किसानहरुलाई उक्त अनुदान स्वरुप प्राप्त रकम प्रदान गरिएको सहकारीकी व्यवस्थापक कृष्ण दर्लामीले जानकारी दिईन् ।

अनुदान प्राप्त गरेका सहकारीका सदस्यहरूले अनुदानको ५ प्रतिशत रकम आफ्नो बचत खातामा राखि नयाँ कामको सुरुवात समेत गरेका उनले बताईन् ।

सहकारीकी अध्यक्ष सीता लामिछानेको अध्यक्षता, वडा नम्बर १४ अध्यक्ष दामोदर न्यौपानेको प्रमुख आथित्यता, सहरकारीकी लेखा सयोजक सरस्वती पाण्डेको स्वागत मन्तव्य तथा सहकारीकी व्यवस्थापक कृष्णा दर्लामीको संचालनमा सम्पन्न भएको हो ।

सहकारीको आफ्नै भवन बिक्रममा भएको कार्यक्रमको सहजीकरण वडा नम्बर १४ ले गरेको थियो ।

सम्बन्धित् समाचार