भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । उत्तराखण्डमा मङ्गलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २५ जनाको घटनास्थलमै ज्यान गएको बताइएको छ ।
प्रहरीले २५ ओट शव भेटेको र अरु कैयौँ घाइते अवस्थामा रहेका बताएको छ ।
मङ्गलबार भएको सो दुर्घटनापछि प्रहरी पुगेको थियो । प्रहरीले २५ ओटा शव घटनास्थलमा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पु¥याइएको जनाएको छ ।
उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोट भन्ने स्थानमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।








