गृहपृष्ठ Featured राप्रपा प्रवेश गरे जसपा कपिलवस्तुका नेता जानकी यादव

राप्रपा प्रवेश गरे जसपा कपिलवस्तुका नेता जानकी यादव

वैखरी अनलाईन, बाणगंगा ।

गत स्थानीय तहको निर्वाचनमा जिल्लाको विजयनगर गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका जसपाका नेता जानकी प्रसाद यादव राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । यादव एमालेका उम्मेदवार गोपाल बहादुर थापासँग झिनो मतान्तरले पराजित भएका थिए । यादव जिल्ला सदरमुकाम तौलिहवामा पार्टीको सदस्यता लिई राप्रपा प्रवेश गरेका हुन् ।

उनीसँगै लामो समयदेखि व्यापार गर्दै आएका सामाजिक व्यक्तित्व यादवका दाइ छबिलाल यादवले पनि पार्टीमा प्रवेश गरेका छन् ।

राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझी, कपिलवस्तु जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य अजय थापा, स्वास्थ्य विभाग केन्द्रीय सदस्य प्रकाश‌ रजौरिया लागयतको‌ पहलमा जानकी प्रसाद यादव‌ले राप्रपा प्रवेश गरेका हुन् । यादवले देश र जनताको हितमा राप्रपा पार्टी मात्र भएको बताउँदै राप्रपाले देशको शिर झुक्न नदिने र जनताले समेत राप्रपा चाहेको दाबी गरे ।

प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर ३ को ‘ख’ बाट यादवले उम्मेदवारी दिने प्रबल सम्भावना देखिएको छ । कृष्णनगर नगरपालिका प्रमुखमा राप्रपाबाट उम्मेदवारी दिएका दिपक रजौरियाले पनि झिनो मतान्तरले नेपाली काँग्रेसका रजत प्रताप शाहसँग पराजित भएका भएका थिए ।

सम्बन्धित् समाचार