गृहपृष्ठ Featured कपिलवस्तु–१ मा गठबन्धनबाट बलदेवले टिकट पाउने निश्चित

कपिलवस्तु–१ मा गठबन्धनबाट बलदेवले टिकट पाउने निश्चित

वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु क्षेत्र नः १ मा गठबन्धनबाट चक्रपाणी खनाल बलदेवले टिकट पाउने निश्चित जस्तै देखिएको छ ।

गएराती बसेको बैठकको गठबन्धनको निर्णयले कपिलवस्तुका क्षेत्र नः१ मा माओवादी केन्द्रलाई टिकट दिने निर्णय गरेसगै बलदेवले टिकट पाउने निश्चित भएको हो ।

उनी माओवादी केन्द्रका केन्द्रिय सचिव समेत हुन भने यस क्षेत्रका निबर्तमान सासंद समेत रहेका छन । उनी माओादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्डका निकटतम नेताका रुपमा समेत परिचित छन ।

सघंमा माओवादी र प्रदेश (क) भने नेपाली कांग्रेसको भागमा परेको छ ।

कांग्रेसबाट कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, नेपाली कांग्रेसका जिल्ला सचिव युवा नेता शक्ति सिंह ठकुरी, निबर्तमान बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु र वडा नः ४ का निबर्तमान वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले मध्ये एकले टिकट पाउने छन ।

सम्बन्धित् समाचार