गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु क्षेत्र नः २ र ३ मा आर्चाय र शाहले टिकट पाउने निश्चित

कांग्रेस कपिलवस्तु क्षेत्र नः २ र ३ मा आर्चाय र शाहले टिकट पाउने निश्चित

वैखरी अनलाइन बाणगंगा
गठबन्धनको तर्फबाट कपिलवस्तु क्षेत्र नः २ र ३ मा कांग्रेसका उम्मेदारले टिकट पाउने निश्चित भएको छ ।
गएराती बसेको बैठकको गठबन्धनको निर्णयले कपिलवस्तुका क्षेत्र नः २ र ३ कांग्रेसलाई दिने निर्णय गरेको हो ।

कपिलवस्तु क्षेत्र नः २ बाट नेपाली कांग्रेस लुम्बिनि प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चायले टिकट पाउने निश्चित जस्तै भएको छ ।

उनको क्षेत्र नः २ बाट एकल नाम समेत सिफारिस भएको थियो । उनले नेपाली कांग्रेस कपिलवस्तु जिल्ला कार्यसमितिको सभापतिका रुपमा २ कार्यकाल जिम्मेवारी पुरा गरी सकेका छन । त्यस्तै कपिलवस्तु क्षेत्र नः ३ बाट निबर्तमान सासंद अभिशेक प्रताप शाहले पनि टिकट पाउने निश्चित जस्तै छ ।

सम्बन्धित् समाचार