वैखरी अनलाइन, बुटवल
एमालेले रुपन्देही १(ख) बाट दधिराम न्यौपानेलाई टिकट दिएको छ ।
नेकपा एमालेका पोलिट ब्युरो सदस्य समेत रहेका न्यौपाने प्रदेश सभा सदस्यका लागी रुपन्देही १ (ख)बाट टिकट पाएका हुन । उनी त्यस क्षेत्रका प्रभावशाली तथा लोकप्रिय नेताका रुपमा परिचित छन ।
एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको छ । प्रदेशसभा तर्फ (क) तालमेलका लागि छुट्याइएको छ ।
रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेल उम्मेदवार बन्नेछन् । प्रदेशसभा तर्फ (क) लिला गिरि र (ख) भोजप्रसाद श्रेष्ठले टिकट पाएको छ ।
रुपन्देह–३ मा राप्रपाका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा तालमेलका लागि छुट्याइएको छ भने (ख) मा तुलसीप्रसाद चौधरीले टिकट पाएका छन् ।
रुपन्देह–४ मा तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) मा हजरत अलि र (ख) तालमेलका लागि छुट्याइएको छ ।
रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ । प्रदेशसभा तर्फ (क) भुमेश्वर ढकाल र (ख) मा तालमेलका लागि छुट्याइएको छ ।








