गृहपृष्ठ Featured मकवानपुर- १ मा कमल थापालाई एमालेले सघाउने

मकवानपुर- १ मा कमल थापालाई एमालेले सघाउने

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सहयोग गर्ने भएको छ। राप्रपा नेपालका अध्यक्ष थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको हो।

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै छन्।

‘नेकपा एमालेको सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदै छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सद्भाव र सहकार्यका लागि एमालेलाई धन्यवाद।’

सम्बन्धित् समाचार