काठमाडौं ।
लियोनल मेसीबिना खेलेको पेरिस सेन्ट जर्मेन (पीएसजी) मंगलबार राति यूईएफए च्याम्पियन्स लिग फुटबलमा पोर्चुगलको क्लब बेनफिकासँग १–१ को बराबरीमा रोकिएको छ ।
पिँडौलामा लागेको चोटका कारण मेसी गए राति पीएसजीको टिममा उपलब्ध थिएनन् । घरेलु टोली पीएसजीले ४०औँ मिनेटमा काइलियन एमबाप्पेको गोलबाट अग्रता लिएको थियो । एमबाप्पेले पेनाल्टीमा गोल गरेका हुन् । मार्को भेरोट्टीलाई एन्टोनियो सिल्भाले फाउल गरेपछि पीएसजीले पेनाल्टी अवसर पाएको थियो ।
बराबरीसँगै पीएसजीले दुई खेलअगाडि नै नकआउट चरणमा स्थान पक्का गर्ने मौका पनि गुमाएको छ । समूह ‘एच’मा पीएसजी र बेनफिकाले चार खेलमा समान आठ अंक जोडेका छन् । पीएसजी शीर्ष स्थानमा छ । बेनफिका दोस्रो स्थानमा छ । समान तीन अंक जोडेका युभेन्टस मक्काबी हाइफा क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।








