सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) का उम्मेदवार डोलकराम घिमिरेले जनताका साँझा समस्या समाधान गर्न आफु गम्भिर लाग्ने बताएका छन् । उनले कृषि, शिक्षा, स्वास्थ्य, लागु पदार्थ दुव्यर्सनी, छाडा पशुचैपया व्यवस्थापनका क्षेत्रमा देखिएका मुख्य समस्याहरुलाई समाधान गर्न गम्भिर लाग्ने बताए ।
उनले शुक्रबार चार नम्बरमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको भेला तथा प्रशिक्षण कार्यक्रममा यस्तो बताएका हुन् ।
‘अहिले हामी चुनावी मैदानमा उत्रिसकेका छौ,’ उनले भने, ‘म मुख्यः कृषि, शिक्षा, स्वास्थ्य, लागु पदार्थ दुव्यर्सनी, छाडा पशुचैपया व्यवस्थापनका क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न गम्भिर भएर लाग्ने छु ।’
उनले प्रतिगामी शक्तिलाई परास्त गर्न बाम लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए । ‘हामीले ठूलो त्याग र बलिदानबाट प्राप्त गरेको संविधानको रक्षा गर्न, केपी ओलीको घमण्ड, अहंकार तोड्न बाम लोकतान्त्रिक गठबन्धन आवश्यक छ ।,’ उनले भने, ‘केपी ओलीका प्रतिगामी कदमलाई परास्त गर्न पनि बाम लोकतान्त्रिक गठबन्धन आवश्यक छ ।’
उनले कपिलवस्तुका सम्पुर्ण निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले विजयी हासिल गर्ने समेत दाबी गरे । आफुले समृद्धि र विकासका लागि राजनीति रोजेको उनले बताए । ‘समृद्धि र विकासका लागि मैले राजनीति रोजेको हुँ, यो भन्दा पर मेरो अर्को कुनै लक्ष्य छैन ।,’ उनले भने, ‘भ्रष्टाचार गर्दिन । राजनीतिलाई व्यवसाय बनाउनु छैन ।’








