गृहपृष्ठ Featured भारतको उत्तराखण्डनजिकै हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

भारतको उत्तराखण्डनजिकै हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

भारतको उत्तराखण्डनजिकै हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार प्रसिद्ध केदारनाथ धामनजिकै हेलिकोप्टर दुर्घटना भएको हो ।

द हिन्दुस्तान टाइम्सका अनुसार केदारनाथ धामबाट २ किलोमिटर टाढा गरुड चट्टी भन्ने स्थानमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो ।

उत्तराखण्डका मुख्यमन्त्री पुश्करसिंह धामीले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उक्त हेलिकोप्टरले केदारनाथबाट तीर्थयात्री बोकेर फटा हेलिप्याड जाँदै थियो । फटा केदारनाथबाट १८ किलोमिटरको दूरीमा रहेको छ ।

टेकअफ भएको केही समयमै हेलिकोप्टर दुर्घटना भएको बताइन्छ । खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान छ ।

सम्बन्धित् समाचार