गृहपृष्ठ खबर विकास निर्माणका काममा राजनीतिक तिक्तता राख्न हुँदैन : घिमिरे

विकास निर्माणका काममा राजनीतिक तिक्तता राख्न हुँदैन : घिमिरे

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तु क्षेत्र नम्बर १ क का उम्मेदवार डोलकराम घिमिरेले विकासमा राजनीति नगरि कपिलवस्तुको विकासमा लाग्ने बताएका छन् । यस क्षेत्रको विकास योजनामा राजनीति नगरी अघि बढ्ने उनले बताए ।

अर्घाखाँची कपिलवस्तु सम्पर्क समितिले बाणगंगा- १ बैरियामा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले भने, ‘जनता सबैका साझा हुन् । विकास सबैका लागि चाहिन्छ, त्यसैले विकास निर्माणका काममा राजनीतिक तिक्तता राख्न हुँदैन र जनताका लागी काम गर्नुपर्छ ।’

कपिलवस्तु र अर्घाखाँची भौगोलिक हिसाबसंगै आत्मिय दृष्टिकोणले पनि नजिक रहेको उनले बताए ।

अर्घाखाँचीबाट बसाईसराई गरि कपिलवस्तुको बाणगंगा क्षेत्रमा आउनेको संख्या गुणात्मक रुपमा बढ्दै गएको उनले बताए । ‘कपिलवस्तु र अर्घाखाँची भौगोलिक रुपले मात्रै हैन्, आत्मिय दृष्टिकोणले पनि नजिक छ,’ उनले भने, ‘अर्घाखाँचीबाट बसाई सरेर कपिलवस्तुको यस क्षेत्रमा आउनेको संख्या गुणात्मक रुपमा बढ्दै गएको छ ।’

अर्घाखाँची क्षेत्रबाट बसाई सरेर बाणगंगा आसपासमा रहेका सबै मतदाताहरुको सहयोग मिल्ने उनले विश्वास व्यक्त गरे ।
उनले यस क्षेत्रको विकास, परिवर्तन र युवाको भविष्य निर्माणमा लागिपर्ने बताए ।

उनले प्रदेश तथा केन्द्रमा पहल गर्दै ठूला योजना ल्याई कार्यान्वयनमा लगेर काम गर्न आवश्यक रहेको बताए । ‘म सधैं यहाँको विकासमा लागेको छु । सुरु विकासका योजना सक्न र यस क्षेत्रको दिगो विकास गर्न पुनः चुनावी मैदानमा छु,’ उनले भने ।

सम्बन्धित् समाचार