गृहपृष्ठ खबर एमालेको भोट माग्ने नैतिक अधिकार छैनः धुर्व रायमाझि

एमालेको भोट माग्ने नैतिक अधिकार छैनः धुर्व रायमाझि

वैखरी अनलाइन, बाणगंगा
कपिलवस्तु क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य राप्रपाका उम्मेद्वार धुर्व रायमाझिले नेकपा एमालेको भोट माग्ने कुनै नैतिक अधिकार नभएको बताउनु भएको छ ।

राप्रपा केन्द्रिय सदस्य समेत रहेका रायमाझिले शुक्रवार बाणगंगा चार नम्बरमा निर्वाचन प्रचार प्रसार कार्यलयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो “राजनितीक स्थिरता दिन्छौं, विकास निमार्ण गर्छौ भन्ने एमाले उम्मेद्वारले न पार्टी बचाउन सके न विकास निमार्ण गर्न सके ।” अब के नैतिक आधार छ उनिहरुले जनता संग भोट माग्ने उहाँले प्रश्न गर्नु भयो ।

 

अब कुनै पनि राजनितीक दलले जनतालाई सुनाउने केहि छैन उल्टै जनताले प्रश्न गरेका छन् । के गर्नु भयो र अहिले सम्म कहाँ लुक्नु भएको थियो ? रायमाझिले भन्नुभयो ।

 

उहाँले थप्नु भयो गठबन्धनले पनि कुनै लछार पाटो लाउने छैन् ।

उहाँले राप्रपाका युवाहरु एउटा परिर्वतनको लहर ल्याएर आएको बताउनु भयो । पुर्व मेचि देखि पश्चिम महाकाली सम्म राप्रपाको जन लहरले ठुला राजनितिक दल आत्तिएको उहाँले बताउनु भयो ।

 

कपिलवस्तुका जनताले राप्रपा राम्रो संग बुझेकाले अवको नेतृत्वमा राप्रपाका उम्मेद्वारलाई हलो चिन्हमा छाप लगाएर पठाउनेमा आफु विश्वस्त रहेको उहाँले जिकिर गर्नु भयो ।

सम्बन्धित् समाचार