वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका- ३ मा शसस्त्र प्रहरी बल बेस क्याम्प कपिलवस्तुको गाडीले ब्रेक फेल भएर ठक्कर दिदाँ २ जनाको मृत्यु भएको छ । मृत्यु हुने एक जना पैदल यात्री र एक जना शसस्त्र प्रहरीका जवान हुन् ।
साइकल यात्रुलाई सो गाडीले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी र शसस्त्र प्रहरीको टोली पुगेको छ । गाडी सडकको छेउको घरमा गएर ठोक्कीन पुगेको थियो ।
घटना शसस्त्रका ६ जना घाइते भएका छन । मृतकको सनाखत हुन सकेको छैन ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।








