वैखरी अनलाईन, बाणगंगा ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम कपिलवस्तुमा राति ९ बजेपछि खेल्न नपाइने भएको छ ।
सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राति ९ बजेपछि देउसी–भैलोलगायतका मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
प्रशासनले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरूले शान्ति–सुरक्षामा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले राति ९ बजेसम्म मात्रै देउसी–भैलोलगायतका कार्यक्रम गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । साथै, दीपावलीको अवसरमा पटका, आतसबाजीलगायतका विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह समेत गरेको छ ।
विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात तथा बिक्री–वितरण नगर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचनामा निषेधित कार्यमा संलग्न भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
यस्तो छ प्रशासनले जारी गरेको सुचना :









