गृहपृष्ठ Featured लुम्बिनि सांस्कृतिक नगरपालिकाका पाण्डेय : ३ मिनेट भन्दा बढि फाइल रोक्दैनन् ।

लुम्बिनि सांस्कृतिक नगरपालिकाका पाण्डेय : ३ मिनेट भन्दा बढि फाइल रोक्दैनन् ।

वैखरी अनलाइन, बुटवल

लुम्बिनि सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेय नेपाल सरकारको राजपत्रांकित द्वित्तिय श्रेणीका उपसचिव हुन् ।

उनले सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका छन । सरकारका नीति र कार्यक्रम कार्यान्वयन गर्दै सुशासन कायम गर्नु आफनो पहिलो दायित्व रहेको उनी बताउँछन ।

सेवाग्राहीका फाइल ३ मिनेट भन्दा धेरै समय नरोक्ने प्रमुख प्रशासकीय अधिकृतकारुपमा उनी परिचित छन । सरकारी काम तथा सेवामाथि आम नागरिकले धेरै प्रश्न उठाउदै आएकोमा त्यसलाई चिर्न अहिलेका कर्मचारीको मूल दायित्व रहेको उनी बताउँछन ।

शुक्रबार करिव ११ बजे वैखरी अनलाईनको टोली कार्यालयमा पुग्दा प्रमुख प्रशासकीय अधिकृत पाण्डेय आएका सेवाग्राहीलाई सहज रुपमा सेवा दिँदै थिए ।

प्रक्रिया पुरा भएका कामको सिफारिस र भुक्तानी दिनका लागी ल्याइएको सिफारिस उनले २ मिनेटमै गरे । कागजी प्रक्रिया पुरा नभएका फाइलका हकमा भने उनले निकै ब्यावहारिक शैलीमा सेवाग्राहीलाई प्रक्रिया पुरा गरेर आउन सम्झाउँदै सल्लाह सुझाव दिई रहेका थिए ।

सुशासन, विकास र सहज सेवा प्रवाहका मामलामा गलत प्रवृत्तिसँग सम्झौता नगर्ने पाण्डेय लुम्बिनी वासीका माझ विकास प्रेमि प्रशासकका रुपमा लोकप्रिय छन । तर, अवाञ्छित फाईदा लिन प्रयत्न गर्नेका लागि उत्तिकै कठोर पनि रहेकाले कतिपयले उनको आलोचना समेत गर्ने गरेका छन ।

सम्बन्धित् समाचार